नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पाेखरा | पुस १८, २०८१

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पोखरा:    नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् ।


त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् ।


निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए ।


नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो ।


संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिन सम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी  दिए ।


यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए ।


‘तपाईहरुका समस्या नजाने, नवुझेर वा नदेखेका कारण पार्टीले केहि गरेन भन्ने लाग्न सक्छ’ साभापति बरालले भन्नुभयो, ‘ तपाईहरुले पार्टीलाई जिम्मेवार बनाउने काम गर्नुहोस् तपाईका समस्यामा पार्टी सधै साथमा रहने छ ।’


यातायात व्यवसायी मर्यादित र अनुशाशित हुदाँ पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उहाँले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे ।


नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट वुझेको बताउँदै उद्योग वाणिज्य संघमा रहदा पनि व्यवसायीका हक हितको पक्षमा आवज वुलद्ध पार्ने स्पष्ट पारे ।


नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय आमन्त्रीत सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुदा मात्रै व्यवसायीका समस्य समाधान हुने गरेको उल्लेख गरे ।


पोखरा महानगर पालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या संवोधन गर्न यातायात व्यवसायी एक हुनु पर्ने बताए ।


नेपाली काँग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नविन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र शसक्त बनाउन पार्टी सँगसगै रहेको बताए ।


नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ व्यवसायीले वुलद्ध रुपमा आवज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने बताए ।


नेपाली काँग्रेसका स्या·जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबावु पन्तले बोलेका थिए ।


नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वावुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्